
एनएमबी बैंक र फारवेष्ट डेन्टल होमबीच सम्झौता, बैंकका ग्राहक र कर्मचारीले डेन्टल होमबाट २० प्रतिशतसम्म छुट पाउने

महेन्द्रनगर । एनएमबी बैंक लि.महेन्द्रनगर शाखा र फारवेष्ट डेन्टल होमबीच सेवा वितरणका लागि सम्झौता भएको छ । एनएमबी बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारी र डेन्टम होमका रोशन भट्टले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार डेन्टल होमले प्रदान गर्ने सेवा सुविधाहरुमा बैकका सबै ग्राहक र कर्मचारीहरुले सबै जाँच र क्लिनिकल प्रक्रियामा २० प्रतिशत छुट पाउने भएका छन् ।
एनमबीको मोबाइल बैंकिङ्ग र कार्ड मार्फत भुक्तानीको आधारमा ग्राहकहरुले सुविधा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
