ghar sansar

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार समितिको बैठक सम्पन्न

khasi

महेन्द्रनगर । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको जिल्ला स्तरीय समन्वय तथा सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समितिमा बसेको छ ।

समन्वय समिति प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा बसेको बैठकमा विभिन्न स्थानीय तहका उप प्रमुख सहित सहायक प्रमुख जिल्ला अधिकारी पर्शराम पोखरेल, डिभिजन वन कार्यालयका प्रमुख भीम प्रसाद कँडेल लगायत सरोकारवाला सहभागी भएका छन् ।

ratnam

बैठकमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका पश्चिम क्षेत्र संयोजक बल्लु चौधरीले संस्थाको परिचय सहित कार्य प्रगति र जिल्ला संयोजक लक्ष्मी साउँदले कञ्चनपुर जिल्लामा गरिएका कामकाजबारे जानकारी गराए ।

केन्द्रले जल, जमिन, जङ्गलसित सम्बन्धि बहुसरोकारवाला विवादलाई माकुरा पद्धतिमा समुदाय स्तरमा समाधान गर्दै आएको छ ।

केन्द्रका क्षेत्रीय संयोजक चौधरीका अनुसार हालसम्म ३ सय १८ विवाद समाधान गरिएका छन् । त्यसमा जंगलसंग सम्बन्धित १ सय ७२, जमिन १ सय २ र जलका ४४ विवाद छन् ।

dirghayi clinic

क्षेत्रीय संयोजक चौधरीले विवाद समाधानपछि समुदायबीच सम्बन्ध सुधार, विकास निर्माणका कार्य सुचारु, जीविकोपार्जनमा सहयोग, भौतिक पूर्वाधार निर्माणका संरचना निर्माणका कार्य भएको बताए ।

कञ्चनपुरमा सातौ चरणमा कार्यक्रम सञ्चालन भई रहेको जिल्ला संयोजक साउँदले बताइन् । कञ्चनपुरमा उनले सामुदायिक वनको वर्षौदेखिका सीमा विवाद, पानी निकास लगायतका विवाद हल गरिएको बताइन् ।

बैठकमा समन्वय समिति प्रमुख बोहराले सरोकारवालासित मिलेर समुदाय स्तरमा शान्तिपूर्ण रुपमा विवाद समाधान गरिनु राम्रो भएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले संघीय शासन व्यवस्थापछि सबैभन्दा बढी विवाद जङ्गलसित देखिएको उल्लेख गर्दै गैर सरकारी संस्थाले सचेतना जगाएर सरकारलाई सहयोग गर्नु पर्नेमा जोड दिए ।

बेदकोट नगरपालिकाका उप मेयर तुलसी जोशीले मेलमिलापका माध्यमबाट समुदाय स्तरका विवाद समाधान गर्ने कार्यमा नगरपालिकाको पूर्ण रुपमा सहयोग गरिने बताए ।

कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका उप मेयर कल्पना पन्त, बेलौरी नगरपालिका उप मेयर नन्द कुमार राना, डिभिजन वन अधिकृत भीम प्रसाद कँडेल, नेपाल पत्रकार महासंघ कञ्चनपुरका कोषाध्यक्ष जयदेब जोशी, जिल्ला अदालत कञ्चनपुरका शाखा अधिकृत अनिरुद्र साउँद लगायतले आ–आफ्नो धारणा राखे ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका धर्मानन्द पन्तले स्वागत मन्तव्य राखेको बैठक सञ्चालन विशाल चौधरीले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...