

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय संगठन(प्याब्सन) कञ्चनपुरले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय चेस प्रतियोगिताको आधारभूत र माध्यमिक दुबै तहमा इन्टरनेशल पब्लिक स्कुलका विद्यार्थीले विजयी भएका छन् ।
आधारभूत तहमा इन्टरनेशनलका सार्थक पन्त र सक्षम सिह क्रमशः पहिलो र दोस्रो भएका छन् । लिटिल गार्डेन स्कुलका मनिस ढकाल तेस्रो भएका छन् ।


यसैगरी मावि तर्फ इन्टरनेशनलका आयुश महरा महरा प्रथम, डायमण्ड पब्लिक एकेडेमीका सागर चन्द द्वितीय र न्यू सरस्वती विद्या मन्दिर पवन लुहार तृतीय भएका छन् ।
प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पुरस्कार सहित प्रमाण पत्र प्रदान गरे ।
प्रतियोगितामा १७ विद्यालयका ३९ विद्यार्थीले भाग लिएका छन् ।
