ghar sansar

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको तेस्रो वार्षिक साधारणा सभा सुरु

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको तेस्रो वार्षिक साधारणा सभा सुरु भएको छ । डडेल्धुरामा सुरु साधारण सभाको उद्घाटन नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले गरेका छन् । साधारण सभामा कञ्चनपुर कैलाली डोटी डडेल्धुरा बैतडी बझाङ्ग, अछाम र दार्चुलाका ३२ प्रतिनिधि सहभागी भएका छन् ।

यस बाहेक प्रादेशिक क्रिकेट संघको १३ सदस्यीय कार्य समिति र ५ जना पर्यवेक्षक सहित साधारण सभामा ६५ जना सहभागी भएको संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए ।

dirghayi clinic

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपक कुमार कार्की, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्यहरु बिरेन्द्र बहादुर चन्द, बिक्रम बिष्ट, धिरेन्द्र साउद, एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाही, काँग्रेस डडेल्धुराका सह सचिव गोबिन्द बोहरा, नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंह विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा डडेल्धुरा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डम्बर थापा, नेपाल प्रेस युनियन डडेल्धुराका अध्यक्ष योगेन्द्र रावल, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बहादुर बोहरा, कोषाध्यग दिनेश बहादुर सिह, पूर्व अध्यक्ष हरि रेग्मी, संघका कार्यसमिति सदस्यहरु आशिषकुमार खत्री, . बाबुराजा श्रेष्ठ, माया रावत साउद, रमेश चन्द, अनिल कुवँर, जोग बहादुर दौल्याल, तेज कार्की लगायत सहभागी भएका छन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले कार्यक्रम सञ्चालन गरे ।

 

Himal dental
सम्बन्धित
Loading...