


महेन्द्रनगर । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा दल बहादुर धामी(अबिरल) चयन भएक छन् । अखिल क्रान्तिकारी कञ्चनपुरको १४औँ जिल्ला अधिवेशनबाट धामीको अध्यक्षतामा जिल्ला कमिटी चयन गरिएको छ ।
४५ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा तेजेन्द्र लुहार,तिलक ठगुन्ना, मनोज साउद, सिजन बहादुर सिह, सचिव पंकज जोशी, सह सचिव कृष्ण बोहरा, सन्तोष भट्ट, जयन्ती खत्री,निरज कार्की र कोषाध्यक्षमा कल्पना चौधरी चयन भएका छन् ।
