
महाकाली मावि मझगाउँका ठगुन्नाले जिते सुदूरपश्चिम स्तरीय तेक्वान्दो डोजाङ्ग प्रतियोगितामा स्वर्ण, विद्यालयमा गरियो सम्मान
महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र कपिल ठगुन्नाले सुदूरपश्चिमाञ्चल तेक्वान्दो डोजाङ्ग प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् । विद्यालयमा कक्षा १० मा अध्ययनरत ठगुन्नाले प्रथम स्थान हासिल गरी स्वर्ण पदक जितेका हुन् ।

स्वर्ण पदक विजेता ठगुन्नालाई विद्यालयले सम्मान गरेको छ । भीनपा १७ का वडा अध्यक्ष पदम बहादुर बुडा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज चटौत, विद्यालयका प्रिन्सिपल दल बहादुर जाग्री लगायतले उनलाई सम्मान गरे । उनलाई टिका लगाई खादा ओढाएर मेडल , प्रमाण पत्र प्रदान गरिएको छ ।
