ghar sansar

जुवातास विरुद्ध कञ्चनपुर प्रहरीको एक्सन, मध्यरातमा १६ जुवाडे पक्राउ

khasi

महेन्द्रनगर । प्रहरीले जुवातास खेली रहेको अवस्थामा १६ जनालाई रङ्गेहात पक्राउ गरेको छ । भीमदत्त र बेदकोट नगरपालिकाबाट सोमबार राति उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति २ बजे भीमदत्तनगरपालिका–१० सुकासालमा सोही ठाउँका ४२ वर्षीय करन चन्दसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।

dirghayi clinic

चन्दको किरानामा पसलमाजुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई समातिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाटखटिएको टोलीले जाँच गर्दा उनीहरुको साथबाट ४२ हजार ७ सय ७० रुपैयाँ नगद र १० गड्डी तास पनि बरामद गरेको छ ।

सोमबार राति नै बेदकोट नगरपालिकाबाट पनि १० जुवाडे पक्राउ परेका छन् । बेदकोट नगरपालिका–५ धरमपुरस्थित राजेन्द्र बोहराको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४४ वर्षीय जय बहादुरबोहरा सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरुको साथबाट २३ हजार एक सय ५ रुपैयाँ नगद र र१० गड्डी तास बरामद गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...