

महेन्द्रनगर । प्रहरीले कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट भित्रिएको चार लाख बढी मूल्यको समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, इलाका प्रहरी कार्यालय बेलडाँडी, प्रहरी चौकी भुडाले समान बरामद गरेको छ ।

इालका प्रहरी बेलौरीले ३ लाख २४ हजार रुपैँया बराबरको समान बरामद गरेको छ । यसैगरी इलाका प्रहरी त्रिभुवनबस्तीले ७७ हजार र प्रहरी चौकी भुडाले ८ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।
प्रहरीका अनुसार बरामद समानमा चिनी, ज्याकेट,कुर्ती, पेय पदार्थ,बुफर, बल्ब, ब्याट्री, तामा, सिल्भर,पितल ,साईकल थान ६, कस्मेटिक सामान र किरानाका छन् । बरामद समान गड्डाचाकी भन्सार कार्यालय पठाएइको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी उमेश जोशीले जानकारी दिएका छन् ।
