ghar sansar

अर्तोला पहिरोले पाटन–पञ्चेश्वर सडक अवरुद्ध, स्वराडसित टुट्यो सडक सम्पर्क

khasi

महेन्द्रनगर । बुधबारदेखिको लगातारको वर्षाले अर्तोला क्षेत्रमा पहिरो खस्दा बैतडीको पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । बिहीबार बिहान अर्तोलामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

dirghayi clinic

जिल्ला प्रहरीका कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक जनकराज ढुंगानाका अनुसार सडक अवरुद्ध हुँदा तल्लो स्वराडसँगको सडक सम्बन्ध टुटेको छ । उक्त क्षेत्रमा अवरुद्ध सडक नखुल्दा तल्लो स्वराडबाट बाहिरिने र भित्रिने सवारी तथा यात्रु बाटोमै रोकिएका छन् ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...