ghar sansar

बेदकोटको सुन्दरपुरमा डेंगु नियन्त्रणका लागि जनचेतना मुलक र्याली

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ सुन्दरपुरमा बिहीबार डेंगु नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरी र्यालीको आयोजना गरिएको छ ।

सुन्दरपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा वडा स्तरमा डेंगु लगायतका किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बास स्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियानका क्रममा वडा स्तरीय कार्यक्रम गरी ¥यालीको आयोजना गरीएको हो ।

dirghayi clinic

¥यालीसंगै घर घरमा गएर पानी जमेका भाँडाकुडा , टायर, गमला लगायतको ठाँउमा पानि खाली गरेर जनचेतना मुलक कार्यक्रम गरिएको छ । डेंगु रोगको प्रकोप असोज , कार्तीक र मंसिर महिना वढ्ने गरेको छ ।

नेपालमा पहिलो पल्ट चितवनमा विदेशी नागरिकमा सन् २००४ देखिएको थियो । नेपालमा डेंगुको महामारी वडेपछि स्वास्थ्य मन्त्रालय अन्तरगत इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महासाखाले डे्ंगु नियन्त्रण तथा रोकथामका कार्यक्रम गदै आइरहेको छ ।

अन्तरक्रिया कार्यक्रम तथा ¥याली कार्यक्रममा वडाका जनप्रतिनिधि ,स्वास्थ्य व्यवस्थापन समितिका सदस्यहरु , स्वास्थ्यकर्मी स्वस्थ्य स्वयम्सेविका, विद्यार्थी, शिक्षक र शिक्षिका सहभागी भएको सुन्दरपुर आधारभुत स्वास्थ्य सेवा केन्द्र का प्रमुख जनस्वस्थ्य निरिक्षक कृष्ण पालले जानकारी दिए ।

बेदकोट नगरपालिकाको स्वस्थ्य साखाले डेंगु रोगको प्रकोप वढ्ने समय भएकाले नगरमा रहेका १० वटै स्वस्थ्य संस्थाहरुमा डेंगु ताथा किट जन्य रोगहरु नियन्त्रणका विभिन्न गतीविधि गदै आइरहेको छ ।

Himal dental
सम्बन्धित
Loading...