ghar sansar

बैतडीमा कोटीगाउँको गङ्गेश्वर मन्दिरका लागि भारतको राजस्थानमा आयो मूर्ति शिव मुर्ति, श्राद्ध सकिएपछि चढाइने

khasi

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका –८ कोटिगाउँमा अवस्थित श्री गङ्गेश्वर मन्दिरमा प्रवासी युवाद्वारा करिब नौ÷ दश महिनाको अवधीभर आर्थिक संकलन अभियान मार्फत सवा पाँच फिट उचाई र छ सय क्विन्टल तौल भएको शिव मुर्ति भारतको राजस्थान राज्यको कोकस भन्ने ठाँउबाट झन्डै तीन लाख खर्चको लागतमा गाउँमा पु¥याईएको छ ।

ratnam
dirghayi clinic

अहिले गाउँमा श्राद्ध पितर पुजा चलिरहेकाले मन्दिर चढाउन खासै उचित समय नहुने भएकाले श्राद्ध सकिएपछि असोज १७ गते बिहिबारदेखि नवरात्रा प्रारम्भको शुभ अवसरमा नवरात्राको पहिलो दिन घटस्थापनामा स्थानीय स्तरमा प्रचलित बाँजागाजा ध्वजा नेजा सहित स्थानीय परम्परा अनुसार शिव मूर्ति गङ्गेश्वर मन्दिरमा चढाउने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा सहभागिताका लागि भक्तजनहरु लगायत मेलौली नगरपालिका –८ कोटिगाउँका श्री गङ्गेश्वर देवताका सम्पुर्ण करिया तथा भक्तजनहरुमा उपस्थितिका श्री गङ्गेश्वर मन्दिर शिव मुर्ति आर्थिक संकलन अभियान समितिका अध्यक्ष डम्बर ठगुन्नाले हार्दिक अपिल गरेका छन् ।

देश विदेशबाट शिव मुर्ति अभियानमा जुटेर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आ – आफ्नो समयलाई मध्यनजर गर्दै साथ सहयोग सल्लाह सुझाव भिट्टि दान गर्नुहुने सम्पुर्ण सहयोगी सबैमा धन्यवाद सहित आभार व्यक्त गरेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...