

महेन्द्रनगर । शान्ति निकेतन माध्यमिक विद्यालयकी छात्रा आकृति चन्दले अंग्रेजी हस्त लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् । गड्डाचौकीस्थित भुवनेश्वरी माध्यमिक विद्यालयले सामुदायिक र संस्थागत विद्यालय कक्षा ९–१० का विद्यार्थीहरुका लागि प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा सामुदायिक र संस्थागत २९ विद्यालयका ३० विद्यार्थीले भाग लिए । उनीहरु सबैलाई पछि पार्दै चन्दले प्रथम स्थान हासिल गरेकी हुन् । उनी कक्षा १० मा अध्ययनरत छिन् ।

शान्ति निकेतन भीमदत्त नगरपालिका ६ ऐठपुरमा छ । कक्षा नर्सरीदेखि कक्षा १२ सम्म विद्यालयमा पठनपाठन हुन्छ ।
विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले विजेता चन्दलाई बधाई दिएका छन् ।
