
महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलले लगातार तेस्रो पटक सीएमजी प्रयोजित खप्तड इन्डोर क्रिकेट प्रतियोगिता २०८१ को उपाधि हात पारेको छ । भदौ १५ गतेदेखि सुरु प्रतियोगितामा ९ टीमले भाग लिएका थिए ।
होली फेमलीको समूहमा सिएमजी बी, लिलिट बुद्ध, होटल ओपेरा, महाकाली प्रादेशिक अस्पताल र कृृषि ज्ञान केन्द्र गरी ५ टीम थिए । त्यसमा होली फेमलीले लिगका सबै खेल जितेर समूह बिजेता बन्दै क्वालिफाइरमा प्रवेश गरेको थियो ।

ओपेरा सीएमजी र होली फेमलीले पहिलो क्वालिफायरको खेल खेलेको थियो । टस हारेर ब्याटिङ्ग पाएको होली फेमलीले निर्धारित १० ओभरमा ओपेरा सीएमजीलाई ६० रनको लक्ष्य दिएको थियो ।
त्यसपछि ओपेरा सीएमजी निर्धारित समयमा ५५ रन बनाएर अलआउट हुन पुग्यो । होली फेमलीका बिरेन्द्र बमले सर्वाधिक १४ बलमा २६ रन बनाए । यसैगरी होली फेमलीका बिरेन्द्र बमले २ र गोबिन्द थापाले १ विकेट लिए । त्यससंगै होली फेमली फाइनल प्रवेश गरेको थियो ।
यसैगरी एलबीएसंग भएको इलिमेनियटर एलबीए र ओपेरा सीएमजीबीच भएको खेलमा ओपेरा सीएमजी फाइनल प्रवेश गरेको थियो । त्यसपछि होली फेमली र ओपेरा सीएमजीबीच पाmइनल खेल भएको थियो ।
टस जितेर ब्याटिङ्ग रोजेको होली फेमली निर्धारित १० ओभरमा ५३ रन बनायो । त्यसमा होली फेमलीका ओपनर ब्याट्समेन सन्तोस भट्टले सर्वाधिक १६ बलमा २९ रनको योगदान गरे । अर्का खेलाडी बिरेन्द्र बमले १६ रन बनाए ।
बलिङ्गतर्फ ओपेरा सीएमजीका सुरज चन्दले ३ ओभर बल गरी २९ रन खर्चदै २ विकेट लिए । मनोज भाटले १ विकेट लिए ।
जवाफी ब्याटिङ्गमा सीएमजी २० रनमा अल आउट भयो । होली फेमलीका बलर हरिश ठगुन्नाले ८ रन खर्चेर २ विकेट लिए । सन्तोस भट्ट र बिरेन्द्र बमले समान १÷१ विकेट लिए ।
प्रतियोगितामा एलएबीका नागेन्द्र उपाध्यय वेष्ट बलर र होली फेमलीका बिरेन्द्र बम बेष्ट ब्याट्समेन भए । होटल ओपेरा सीएमजीका हिमाल श्रेष्ठ मेन अफ अफ दि सिरिज भए ।
भीमदत्त नगरपालिका १५ का वडा अध्यक्ष भुवन भट्टको प्रमुख र लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ । विजेता टिम लाई नगद ४४ हजार सहित प्रमाणपत्र सहित ट्रफी प्रदान गरिएको छ ।
