

महेन्द्रनगर । पतञ्जलि योग पिठ हरिद्धारद्वारा आयोजना गरिएको बौद्धिक सम्मेलनमा सहभागी जिल्ला विकास समितिका प्रमुख दुर्गा दत्तबोहरा, नगर प्रमुख पदम बोकटी, जिल्ला विकास समिति उप प्रमुख, भीमदत्त नगरपालिका उप प्रमुख निलम लेखक जोशी लेखकलाई पतञ्जली कञ्चनपुरले दोसल्ला ओढाई सम्मान गरेको छ ।
पतञ्जली कञ्चनपुरका महामन्त्री हरि रावलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य महिला अध्यक्ष कमला पण्डेय, मिडिया प्रभारी प्रेम सिंह भाट, मार्गदर्शक बरिष्ट अधिवक्ता पूर्ण बहादुर चन्द, पतञ्जली नेपालकामहिला केन्द्रिय सदस्यकमला सापकोटा, पंतजलि नेपालकाकेन्द्रिय सदस्यलब राजभट्टले योग र आर्युवेद क्षेत्रमापंतजली र नगरपालिकावीच रहदै आईरहेको सम्बन्धलाई अझ बढि सक्रियल्याउने कुरामाजोड दिए ।

पंतजली कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित नगर उप प्रमुख निलम जोशी, जिवस उप संयोजक रामकुमारी राना, नगर प्रमुख पदम बोकटी विशिष्ट अतिथि थिए भने जिविस प्रमुखदुर्गा दत्तबोहरा प्रमुख अतिथि थिए ।
कार्यक्रममा स्थानिय तहका प्रमुख उप प्रमुखले पंतजलिको कार्य योग र आर्युवेदको जन चेतनाजगााई हरेक व्यक्तिमाशारिरिक, मानिसिक र अध्यात्मिक क्षेत्रको विकास संगै हरेक कार्य सम्पादनमा संकल्पबाट नै सिद्धि प्राप्त हुने भएकोले कञ्चनपुर जिल्लाका हरेक विद्यालयमा शुक्रवार योग शिक्षा संचालन गर्ने र प्रत्येक वडा कार्यालयमा योग साधना केन्द्र सञ्चालन गर्न हर सम्भव सहयोग प्रदानगर्ने कुरा बताए ।
सो अवसरमा सम्मानित जन प्रतिनिधिहरुले हरिद्धारमालिएको प्रशिक्षण एक नयाँ अवसर भएकोले कञ्चनपुर जिल्लालाई योगमय बनाउन आगामी दिनमा सहकार्य रहने र आवश्यक भौतिक पूर्वाधारमा लागि पर्ने कुरा नगर प्रमुख पदम बोगकटीले बताए ।
कार्यक्रममा वडा अध्यक्ष सुशिल भट्ट, भरत रावल, उपाध्यक्ष धन सिंह बडाल, मानार्थ सदस्य गणेश बहादुर चन्द, आजीवन सदस्य हरि दत्त लेखक महिला उपाध्यक्ष भावना के.सी., योग साधना केन्द्रका अध्यक्ष, पदाधिकारी तथा योग प्रशिक्षक सहभागी भएका छन् ।
