ghar sansar

कञ्चनपुर प्रहरीले देखायो तस्करी नियन्त्रणमा सक्रियता, ८ लाख ३२ हजारको अवैध समान बरामद

khasi

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले ८ लाख ३२ हजार मुल्यको अबैध सामान बरामद गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले मात्रै ४ लाख ७० हजार ५ सय मुल्यको अबैध सामान बरामद गरेको छ ।

dirghayi clinic

इलाका प्रहरी कार्यालय दोधाराले ३ हजार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले ८४ हजार ९३५, इलाका प्रहरी कार्यालय बेलडाडीले २८ सय र इलाका प्रहरी कार्यालय गुलरियाले १ लाख ४८ हजार मुल्यको अबैध सामान बरामद गरेको छ ।

यस्तै प्रहरी चौकी टेडुवाले १६ हजार ४७०, प्रहरी चौकी झिलमिलाले ५ हजार ३ सय, अस्थायी प्रहरी बिट भासीले ८८ हजार ४५०, अस्थायी प्रहरी बिट मझगाउँले २ हजार ७५० र अस्थायी प्रहरी बिट चम्फापुरले १० हजार गरेर ८ लाख ३२ हजार २०५ मुल्य बराबरको अबैध सामान बरामद गरिएको छ ।

औषधी, कस्मेटिक सामान, हार्डवेयरका सामान, सुर्ती, तेल, बिडी, सलाई, दाल, बिस्कुट, पेयपदार्थ, नम्किन, कपडा र चिनी लगायत अबैध सामान बरामद गरेर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...