ghar sansar

मन्त्र हस्पिटलको सहकार्यमा एनएमबि बैंकको महेन्द्रनगर शाखाले चलायो विश्व मुटु दिवसमा स्वास्थ्य शिविर

महेन्द्रनगर । एनएमबि बैंक लिमिटेड महेन्द्रनगर शाखाले बिश्व मुटु दिवसको अवसरमा बैंकमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि मन्त्र हस्पिटलको सहकार्यमा मुटु रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरले निःशुल्क जाँच सेवा उपलब्ध गरी बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ ।

एनएमबिबैंक शाखा महेन्द्रनगरमा सेवा लिन आउने करिब ६० जना सेवाग्राही र बैंक कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरेको बैंकका मेनेजर खेमराज उपाध्यायले जानकारी दिएका छन् ।

mahostaw

स्वास्थ्य परिक्षण मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरका डा. गोबिन्द रोकाया र डा. सन्जय कुमार यादब सहितको मेडिकल टिमले गरेको छ । चिकित्सकरले मुटु परीक्षणमा प्रेसरका बिरामी बढी भेटिएकाले रोगबाट बच्ने उपाय र यसको सचेतीकरणबारे सेवाग्राहीलाई सुसुचित गराए ।

मुटु रोग बढ्नुमा व्यस्त जीवनशैली, प्रशोधित खानेकुराको प्रयोग, तनावपुर्ण जीवनशैली र आवश्यक व्यायामको कमी मुख्य कारण रहेको डा. गोबिन्दले जानकारी गराए । उनले थप समस्या हुनबाट बच्न समयमै आवश्यक जाँच गराउनर उचित खानपान र नियमित व्यायाम गर्न सुझाव दिए ।

एनएमबिबैंक लिमिटेडले बैंकले दिने आफ्नो दैनिक सेवाका साथै पटक पटक यस्ता सन्देश मुलक कार्यक्रम। सिएसआर गर्दै आईरहेको वरिष्ठ एरिया मेनेजर शुसिल बहादुर सिहले जानकारी दिए ।

एनएमबिबैंक दिफिनान्सियल टाइम्स, लण्डनको “दब्यान्कर”पत्रिकाद्घारा एसियाकै सर्वोत्कृष्ट उपाधि“बैंक अफदिइयर एसिया २०२१” बाट सम्मानित भइसकेको छ ।

बैंकले २०१७,२०१८,२०२० र २०२१ क लागिपनिउक्तपत्रिकाद्घारा हालसममचार पटक नेपालको उत्कृष्ट बैंकको उपाधिप्राप्तगरिसकेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टर मार्फत सेवाप्रदानगर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...