ghar sansar

दोधारा चाँदनीमा सवारी चालकलाई वडा अध्यक्षले सम्झाए ट्राफिक नियम, नयाँ हेल्मेट दिए उपहार

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ६ का वडा अध्यक्ष ओम बस्नेतले सवारी दुर्घटना न्यूनीकरणका लागि सडकमा आएर सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेका छन् ।

उनले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै नयाँ हेल्मेट उपहार दिएका छन् । हल्मेट विना मोटरसाइकल, स्कुटी चलाउने चालकलाई नयाँ हेल्मेट उपहार दिएको हो।

dirghayi clinic

हेल्मेट सवारीसाधन कुदाउने मोटरसाइकल धनीलाई ट्राफिक सचेतना र हेल्मेट वितरण गराएको बताए । ‘हामीले सडकमा यसपटक नयाँ ढंगले सवारी दुर्घटना रोक्ने उद्देश्यले चालकलाई ट्राफिक सचेतना गराएका छौँ,’ वडाध्यक्ष बस्नेतले भने, ‘लाखौँको सवारीसाधन किन्ने, तर हेल्मेट नलगाउने चालकलाई हामीले लज्जाबोधसहित हेल्मेट दिएका छौँ ।’

इलाका प्रहरी कार्यालय दोधारा, स्थानीय ट्राफिक प्रहरीसहितको उपस्थितिमा सचेतना सहित पहिलो दिन विनाहेल्मेट मोटरसाइकल, स्कुटी चलाउने १० चालकलाई हेल्मेट वितरण गरेको वडाध्यक्ष बस्नेतले बताए ।

ट्राफिक सचेतना दोधारा–चाँदनी नगरकै ६ नम्बर वडा क्षेत्रमा सवारीसाधनको चाप बढ्ने भएकाले विनाकारण सवारीसाधन दुर्घटना हुने भएकाले सवारी दुर्घटनाबाट अकालमै ज्यान गुमाउनेदेखि अंगभंगबाट मानिसको ज्यान सुरक्षाका लागि उक्त सिर्जनात्मक कार्यक्रम गरिएको अध्यक्ष बस्नेतले बताए ।

दसैँ, तिहार नजिकिँदै जाँदा वडा कार्यालयले आफ्नो वडा क्षेत्रमा उक्त कार्यक्रम गरेको र भावी दिनमा पनि नागरिक सचेतना कार्यक्रम गर्दै जाने उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...