

महेन्द्रनगर । इन्टरनेशन पब्लिक स्कुलका विद्यार्थीहरुको चिल्ड्रेन्स क्रिएटिभ क्लब(सीसीए) ले दशैं तिहारको अवसर पारी शुभकामना आदानप्रदान तथा लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ ।
आधारभूत तथा मा. बि, गरि दुई तहमा आयोजना गरिएको प्रतियोगितामा आधारभूत तर्फ कक्षा ७ का प्रसंशा बोगटी , सलिसा बोहरा, लिबिका बिष्ट , निशा भट्ट , खुशी सावद, निस्मा पाण्डेय समेतको टोली प्रथम भएको थियो भने, कक्षा ७ कै प्रतिज्ञा चन्द, ममता ऐडी, सानिया चन्द, आराध्या खत्री, पुजा धामी, सृष्टि भट्ट, जुनु नगाल र राहुल सुनारको टोली दोस्रो भएको छ ।

यसैगरी मा. बि. तहमा रक्षा भण्डारी, शिक्षा भण्डारी, प्राची बिष्ट, गरिमा कुवर, रेजिना चन्द, सुमित्रा धामी , कृति सुनार र सृस्टि भट्टको टोलि प्रथम भएको थियो भने एलिना भट्ट, प्रसंशा थापा, अञ्जली खड्का, सहारा शाही , दिब्या रावल र आदिती रावलको टोली दोस्रो भए ।
विभिन्न लोक संस्कृति तामाङ्ग, मगर, थारु,सुदूर पश्चिमेली तथा नेपाली लोक भासाका संस्कृति झल्काउने भेषभूसाका आकर्षक नृत्य बाल कलाकारहरुले प्रदर्शन गरे ।

कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरी दत्त जोशी, सृजनशील बाल क्लबका अध्यक्ष कार्यक्रमका सभापति कक्षा १० कि छात्रा एलिना भट्ट, बिद्यालय संचालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बू, प्रीन्सिपल राजेन्द्र भट्ट, बिद्यालय व्यवस्थापन समितिका सदस्य आशिष खत्रीले संयुक्त रूपमा बिजयी टोली प्रथमलाई ५ हजार, द्वितीय ३ हजार नगद पुरस्कार प्रदान गरे । साथै गायक सहभागीहरुलाई पनि नगद पुरस्कर प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी जोशीले बिद्यालयको प्रगती बारे खुशी व्यक्त गर्दै बिद्यालय, अभिभावक र विद्यार्थीको असल संयोजन यो बिद्यालयमा पाएको र यस्ता अतिरिक्त सृजनशील क्रियाकलापले विद्यार्थीको बहुआयामिक व्यक्तित्व बिकासमा ठुलो टेवा पुगेको बताए । अतिरिक्त क्रियाकलापलाई टेवा पुर्याउन भीमदत्त नगरपालिकाले शुक्रबारलाई बुक फ्रि फ्राइड बनाएको बताए ।

त्यस्तै समितिका अध्यक्ष लिम्बूले दशै तिहार, छठ पर्वको शुभकामना दिएका थिए । साथै उहाँले हालै अविरल बर्षाको कारणबाट बाढी पहिरो गई मुलुकमा भएको ठुलो जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै दिवङ्गत भएका नेपाली दिदीबहिनी दाजुभाइहरु प्रती श्रद्धाञ्जली र पीडित परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।


