

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीको २०७१ वैशाख २२ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका पुनर्वास नगरपालिका–१० बिकाशबस्ति बस्ने ३५ वर्षीय बल्लु राना पक्राउ परेका हुन् ।

रानालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
