ghar sansar

इन्सपेक्टर विनु शाही निलम्बन

khasi

महेन्द्रनगर । हनि ट्रयापिङ गिरोहसँग मिलेर पैसा असुलेको आरोपमा छानविनमा रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा शुक्रबार मन्त्रालयले निलम्बन गरेको हो ।

dirghayi clinic

प्रहरी प्रभाग भैँसेपाटीको प्रमुख रहँदा उनले गत ७ असोजमा एक व्यवसायीलाई पक्राउ गरेकी थिइन् । बलात्कार मुद्दामा फसाइ दिने भन्दै बार्गेनिङ गरेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको प्रारम्भिक छानविनमा खुलेपछि उनलाई त्यहाँबाट हटाएर निलम्बन सिफारिस भएको थियो ।

घटनामा संलग्न तीनजनालाई जिल्ला प्रहरी परिसर, ललितपुरले थुनामा राखी अनुसन्धान गरिरहेको छ । प्रहरीको भूमिकाबारे डिएसपी नरहरी अधिकारीको नेतृत्वमा छानबिन भइरहेको छ ।

छानबिन प्रतिवेदनका आधारमा इन्सपेक्टरलाई प्रतिवादी बनाउने÷नबनाउने तय हुने ललितपुर परिसरले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...