ghar sansar

ऐश्वर्य सामुदायिक वनको साधारण सभा उद्घाटन गर्दै कृष्णपुरका मेयर ओझाले भने– अब रुख काटेर बेचेर मात्रै हुँदैन

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका मेयर हेमराज ओझाले सामुदायिक वनले रुख काट्ने र बेच्न कार्यको विकल्प खोज्नु पर्ने बताएका छन् । उनले सामुदायिले उपभोक्ताको जीविकोपार्जनसित सम्बन्धित कार्यक्रम ल्याउनु पर्ने उल्लेख गरे ।

कृष्णपुर नगरपालिका १ दोमिल्लास्थित ऐश्वर्य सामुदायिक वनको २२ औं साधारण सभा उद्घाटन गर्दै मेयर ओझाले जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने सामुदायिक वनलाई नगरपालिकाबाट सहयोग हुने बताए ।

‘अब सामुदायिक वनले सुकेको रुख काट्ने र बेच्ने कार्य मात्रै गरेर हुँदैन, कतिपय सामुदायिक वनमा त एक वर्ष रुख काटेर सुकाउने र अर्को वर्ष त्यसलाई काट्नेसम्मको योजना बन्छन् भन्ने सुनिन्छ’ मेयर ओझाले भने,‘यो कार्य कहिलेसम्म गर्ने, यतातिर ध्यान दिनु पर्नेछ ।’

मेयर ओझाले नगरपालिकाले गत वर्ष हरियाली सामुदायिक वनमा बाँस र बेतका विरुवा लगाएको र यस वर्ष ऐश्वर्य सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम गरिएको उल्लेख गरे ।

कृष्णपुर नगरपालिका १ लाई मह पाकेट क्षेत्र घोषणा गरिएको उल्लेख गर्दैै उनले त्यसका लागि सामुदायिक वनमा चिउरीका विरुवा रोपिएको बताए ।

dirghayi clinic

वडाको विकासलाई आफूले प्राथमिकता दिएर खानेपानी, पानी पिच, बाल विकास कक्षा सञ्चालन लगायत कार्य गरिएको मेयर ओझाले उल्लेख गरे ।

बैंक नाइल सडक खण्डको दोमिल्लासम्म सहज आवागमनका लागि निर्माण कम्पनीलाई आग्रह गरिएको उनको भनाई छ ।

‘यो दोमिल्ला नाइल सडकमा जसरी पनि काम गरी सहज आवागमन गर्न पर्छ भनेर भनेको छु’ उनले भने ।

सामुदायिक वनका अध्यक्ष ईश्वर बहादुर बुढाको अध्यक्षतामा गरिएको कार्यक्रममा कृष्णपुर ५ का वडा अध्यक्ष टेकराज पाण्डेय लगायतका सहभागी भए ।

सामुदायिक वनका अध्यक्ष बुढा वार्षिक र कोषाध्यक्ष देबकी भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

२०५९ मा स्थानीयले वन संरक्षणका लागि सामुदायिक वन बनाएर संरक्षण गरेका हुन् । ३ सय ९६ हेक्टरमा फैलिएको वन समूहमा ८ सय १६ घरधुरी आवद्ध छन् ।

Himal dental
सम्बन्धित
Loading...