

महेन्द्रनगर । वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् । वडा प्रहरी कार्यालयमा सन्तोस खनाल र ट्राफिक लक्ष्मण पचभैया नयाँ प्रहरी निरीक्षक आएका छन् ।

यस वडा इन्चार्ज यम बहादुर मल्ल थिए । उनको बाँके सरुवा भएको छ । यसैगरी ट्राफिक प्रहरी इन्चार्जमा नरेश विक थिए ।
भीमदत्त नगरपालिकाले शुक्रबार वसपार्कमा गरेको सवारी चालक तथा सह चालकलाई सम्मान कार्यक्रममा वडा इन्चार्ज खनाल र ट्राफिक इन्चार्ज पचभैयालाई सम्मान गरेको छ ।
भीमदत्त नगरपालिकाका कार्य वाहक मेयर निलम लेखक जोशी, भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट लगायतले दुबै जनालाई टिका, खादा र फूलमाला लगाएर सम्मान गरिएको हो ।
