ghar sansar

भीमदत्त १२ मा आइतबारदेखि अन्तर वडा स्तरिय क्रिकेट प्रतियोगिता

little buddha academy
khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । भीमदत्त नगरपालिकामा अन्तर वडा स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यहि असोज २० गते आईतवार देखि भीमदत्त नगरपालिका १२ ऐरी स्थित पुर्णा उच्च माविको प्राङगणमा टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो । भीमदत्त नगरपालिका १२ वडाको आयोजना अन्तर वडा स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

भीमदत्त नगरपालिका १२ का वडा सदस्य नर बहादुर साउदले विगतका बर्षहरु झै यस बर्ष पनि बडा दशैं तथा दिपावलीको उपलक्ष्य पारि क्रिकेट प्रतियोगिता को छैटौं संस्करण आयोजना हुन लागेको बताए ।

,orning glory badhai

श्री पुर्णा माध्यमिक विद्यालय बासखेडा ऐरीको खेलमैदानमा हुने खेलहरु लिगआउट प्रणाली वाट खेलाईने छन । मुख्य गरेर स्थानीय स्तरमा प्रतियोगिता राखेर क्रिकेटका खेलाडी उत्पादन गर्ने लक्ष्य सहित यस पटक भीमदत्त नगरकै नगर प्रमुख मार्फत आग्रह गरेर क्रिकेट मैदान स्तरोन्नति तथा प्रेक्टिस यार्ड स्थापना गर्न खोजीएको छ ।

dirghayi clinic

वडा सदस्य आयोजक टिमका सह संयोजक राजेन्द्र प्रसाद पन्तले प्रतियोगिता थप स्तरिय बनाईने बताए । उनका अनुसार सहभागिताका लागि पालिकाका १९वटै वडाहरुमा पत्राचार गरी टिम दर्ता गरिसकेको बताएका छन । टिम सहभागिताका लागि भीमदत्त नगरका सबै वडाहरुमा यस अघि नै पत्राचार गरिसकेको बताउदै सम्भवतह जिल्लाकै ठुलो धन राशिको प्रतियोगिता हुनलागेको बताए ।

यस पटक प्रतियोगिता बिजेता टिमलाई १ लाख, ५५हजार रुपैया, उप विजेता टिमलाई ८० हजार रुपैया सहित ट्रफि मेडल तथा प्रमाण पत्र दिईनेछ भने उत्कृष्ठ खेलाडीलाई विभिन्न विधामा समेत पुरस्कार दिईनेछ ।

भीमदत्त नगरपालिका १२ का वडाध्यक्ष तथा खेल संयोजक भुपेन्द्र सिंह रावलले अन्तर वडा स्तरिय क्रिकेट प्रतियोगिताका माध्याम बाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताउदे अध्यक्ष रावलले खेलाडी उत्पादन गर्दै क्रिकेटको बृद्धि विकास गरिने बताए ।

प्रतियोगिता प्रदेश सभा सदस्य बेल बहादुर रानाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने १८ वडा वाट खेलाडिहरुको प्रतियोगितामा सहभागिता रहने अपेक्षा गरिएको छ । १८ वडा वाट २५ टिमको सहभागिता रहेको आयोजक ले जनाएको छ ।

विश्व किर्तिमान राख्न सफल अन्र्तराष्ट्रिय क्रिकेटर उत्पादन गर्ने थलोको रुपमा चिनिएको कञ्चनपुर को भिमदत्त नगर क्रिकेटखेलको हव बन्दै गएकाले देशलाई विश्व सामु अझै किर्तिमानका रेकर्ड तोड्न सक्ने खालको हौसला प्रदान गर्न राज्यले समेत यस्ता प्रतियोगिता र खेल क्षेत्रमा भौतिक पुर्वाधारका लागी लगानी गर्नु आवस्यक देखिन्छ ।

 

Himal dental
सम्बन्धित
Loading...