

महेन्द्रनगर । कञ्चनपुरमा एकै राति तास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका–५ शोभातालमा २७ र कृष्णपुर नगरपालिका–४ किचाईमा १० जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ लाख ८० हजार १ सय रुपैयाँ पनि बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, बेलौरी नगरपालिका–५ सोभातालस्थित बाझो घरको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् ।
उनीहरुको साथबाट ५२ हजार १ सय २८ रुपैयाँ र ४ गड्डी सहित पनि बराबर गरिएको छ । यस्तै, कृष्णपुर नगरपालिका–४ किचाईस्थित प्रकाश ऐरको घरको कोठाभित्र तास खेलिरहेको १० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १ लाख २७ हजार ९ सय ७२ रुपैयाँ र २ गड्डी तास बराबर गरिएको छ ।
