ghar sansar

भीमदत्त र बेदकोटमा चुरे संरक्षण कार्यक्रम सञ्चालन हुँदै

khasi

महेन्द्रनगर । चुरे सरक्षण सञ्जाल नेपालले भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकामा चुरे संरक्षणका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सञ्जालले दशैं लगत्तै दुवै नगरपालिकामा तटबन्ध सचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ। चुरे संरक्षण सञ्जाल नेपालका कार्यक्रम व्यवस्थापक करन भट्टले तराई भूपरिधि कार्यक्रममार्फत वातावरण संरक्षणका कार्यक्रम गर्न लागेको बताए ।

उनका अनुसार भीमदत्त–७  हल्दुखाल चुरे भएर बग्ने खन्यखोलाको भङगालो केरा बारी टोलमा जैविक तटबन्ध निर्माणका कार्यहरु गरिने छ ।

dirghayi clinic

यस्तै बेदकोट–२ जडेपानी पथरिया नालामा पनि जैविक तटबन्ध निर्माणका कार्य गरिनेछन् । चुरे वनमा चोरी शिकारी नियन्त्रणका लागि भीमदत्त र बेदकोटमा चोरी शिकारी नियन्त्रण समूह गठन गरिने छ । साथै सामुदायिक विद्यालयमा ईगो क्लब पुर्नगठन गरेर विद्यार्थीहरुमा संरक्षणका कार्यक्रम गरेरसमेत सचेत गराइने छ ।

त्यसैगरी व्यवस्थापक भट्टले वन हेरालुलाई उक्त कार्यमा सहयोगसमेत गर्ने बताए। तराई भूपरिधि कार्यक्रमका प्रतिनिधि शेरबहादुर चौधरीले मानव अधिकार र वातावरण सुरक्षा अनुरुप कार्यक्रम सञ्चालनमा जोड दिएका छन्।

उनले समुदायको हितका साथै वन पर्यावरण संरक्षण गर्नुपर्ने बताए । जनप्रतिनिधिले समेत साझेदारीमा सञ्चालन हुने कार्यक्रम प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन् ।

बेदकोट नगरपालिका–२ का वडाध्यक्ष नरेशबहादुर सिंहले चुरे संरक्षण सञ्जालले यसअघि पनि आफ्नै वडाको पत्थरिया नालामा निर्माण गरिएको तटबन्धको कार्यलाई अझै थप गर्नुपर्ने बताए ।

त्यसैगरी ब्रम्हदेब सव–डिभिजन वन कार्यालयका रेञ्जर जीवन भण्डारीले चुरे संरक्षण सञ्जालले गरिरहेका कार्यक्रमले वातावरण संरक्षणमा टेवा पुगिरहेको बताउँदै थप निरन्तरतामा जोड दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...