

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ स्थित शहिद स्मृति सामुदायिक वन उपभोक्ता समूहको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा गरिएको साधारण सभाबाट समूहको आगामी कार्य योजना, बजेट लगायत पारित गरिएका छन् ।



सामुदायिक वनका अध्यक्ष कर्ण बहादुर बिष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, भीमदत्त नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष गगन सिह धामी, डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत शिवराज अवस्थी,महेन्द्रनगर खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष मान सिह बोहरा, चुरे संरक्षण सञ्जाल समिति अध्यक्ष रविन्द्र कुँवर लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा मेयर बोगटीले मानव बस्ती विस्तारको क्रममा वन्यजन्तुको बास स्थान नै मास्ने गरेको कारणले बन्यजन्तु भोजन र बासस्थान खोज्दै मावन बस्तीमा प्रवेश हुने गरेको बताए ।
वन समूहका सल्लाहकार समिति सदस्य मदन बहादुर कुँवरले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष धनकला लुहारले वार्षिक बजेट प्रस्तुत गरेकी थिईन ।
