

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक डिएसपी उमेश जोशी प्रहरी अधिकृत र जवान सम्मानित भएका छन् । ५९ औँ प्रहरी दिवसका अवसरमा प्रहरी कार्यालयमा गरिएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा डिएसपी जोशी सहित प्रहरी सहायक हवल्दार निवास लुहार, प्रहरी निरीक्षक बीर बहादुर बोहरा, प्रहरी सहायक निरीक्षक महानन्द जोशी, प्रहरी बरिष्ठ हबल्दार दिपक बहादुर विष्ट, कृष्णदेव पन्त, प्रहरी हबल्दार सुरेन्द्र दमाई, जवानद्वय प्रेम बहादुर तिरुवा, पुष्पा भट्ट छन् ।

कार्यक्रममा भलिबल प्रतियोगितामा प्रथम हुने टिम प्रहरी बरिष्ठ हबल्दार कृष्णदेव पन्त, हबल्दार प्रकास सिह रावल, सहायक हबल्दार हिक्मत सिह खाती, जवान भानसिह ठगुन्ना, धिरेन्द्र सिह धामी, उदिप बस्केल, जनक साउद रहेका छन । ब्याडमिन्टन डबल्समा डिएसपी उमेश जोशी, उदिप बस्केललाई पुरस्कार प्रदान गरिएको छ ।
निबन्ध प्रतियोगितमा लिटिल बुद्धका छात्र आयुस थापालाई नगद १० हजार सहित पुरस्कार प्रदान गरिएको छ । यस्तै बेदकोट नगरपालिका ८ का वडा अध्यक्ष महेशराज जोशी, बेदकोट ६कै स्थानीय जनकराज जोशी, भानु टेन्ट हाउसका संचालक भानदेव जोशी, सिएन साउण्डका संचालक चोलानाथ भण्डारी, पुर्व प्रहरी नायब निरीक्षक धनीराम पनेरु, सहिद परिवार कुसुम चन्दलाई सम्मान गरिएको छ । अमर प्रहरी भोजराज पन्तलाई मरोणाप्रान्त पुरस्कार प्रदान गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हिरा सिह सार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रहरी उपरीक्षक चक्रराज जोशी लगायतका प्रहरी अधिकारी सहभागी भएका छन् ।
कार्यक्रममा मन्त्री सार्कीले लागु औषध सहितका समाज ध्वङस पार्ने गतिबिधी निरुत्साहितका लागि प्रहरीलाई समुदायले साथ दिनु पर्ने बताए ।

