ghar sansar

बेदकोटको गयलनदीमा भोलिदेखि राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, पूर्व प्रधानमन्त्री नेपालले उद्घाटन गर्ने

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका–८ गैलनदीमा शनिबारदेखि राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुन लागेको छ । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने प्रतियोगिताको सबै तयारी पूरा गरिएको छ ।

काठमाडौँ स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल महासंघले बेदकोट नगरपालिका ६ सित सहकार्य गरी बुद्धिचालका तीन विधामा प्रतियोगिता आयोजना गर्न लागेको हो । गयलनदीस्थित बैजनाथ माध्यमिक विद्यालयमा प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

,orning glory badhai

बुद्धिचाल खेलको आधिकारिक च्याम्पियनशीप दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशीप–२०८१, प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्याम्पियनशीप–२०८१ र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०८१ आयोजना हुन लागेको हो।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक नारायण गोबारले बताए। उनका अनुसार प्रतियोगिता कार्तिक ७ सम्म चल्ने छ ।

dirghayi clinic

प्रतियोगितामा ६५ जना खेलाडीको सहभागीता रहने आयोजकले जनाएको छ। यो प्रतियोगितामा बेदकोट नगरपालिका–८ सह–आयोजक बनेको छ ।

तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०८१ के प्रथम पुरस्कार ६० हजार छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेसहित २५ खेलाडीलाई २ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशीप–२०८१ को प्रथम स्थान हासिल गर्ने खेलाडीलाई ३० हजार रुपैयाँ प्रदान गरिने छ। यो प्रतियोगितामा प्रथमसहित २० खेलाडीका लागि १ लाख ३१ हजार ५ सय राशी छ ।

प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्याम्पियनशीप–२०८१ को प्रथम पुरस्कार राशी २५ हजार राखिएको छ। प्रथम सहित २० जना खेलाडीलाई ८३ हजार ५ सय पुरस्कार प्रदान गरिने छ ।

Himal dental
सम्बन्धित
Loading...