ghar sansar

मदिरा सेवन गरी नाबालिगमाथि जबरजस्तीकरणी

khasi

महेन्द्रनगर । दार्चुलामा एक १६ वर्षीया किशोरी जबरजस्ती करणीको सिकार बन्न पुगेकी छन्। मदिरा सेवन गरेर ती किशोरीलाई जबरजस्ती करणी गरिएको आरोप छ ।

कक्षा ८ मा पढ्ने ती किशोरी आफन्तबाटै जबरजस्ती करणीको सिकार बन्न पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । किशोरी करणीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ। शुक्रबार मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ratnam
dirghayi clinic

१६ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ती पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र रावतले बताए । किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडित किशोरीको घर–परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको उनले बताए ।

पीडित किशोरीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका पुरुषलाई आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी रावतका अनुसार पीडित किशोरी र उनका परिवारले ती पुरुषले जबरजस्ती करणी गरेको आरोप लगाएका छन् ।

‘प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका ती पुरुषले पनि आंशिक रुपमा त्यस्तो आरोप स्वीकारेको अवस्थामा छ । पक्राउ परेका आरोपित पुरुषले प्रहरीसँगको बयानमा मदिरा सेवन गरेको अवस्थामा प्राइभेट पाटहरु चलाएको भन्ने सम्म स्वीकार गरेको अवस्था छ तर विस्तृत रुपमा अनुसन्धान भइरहेकाले अहिले नै भन्न सकिने अवस्था छैन् ।’ हाडनाता सम्वन्धि करणी भएकाले आरोपित पुरुषको नाम भने गोप्य राखिएको छ ।

Himal dental
सम्बन्धित
Loading...