

महेन्द्रनगर । बेदकोट नगरपालिका–८ गैलनदीमा सञ्चालित राष्ट्रिय बुद्धिचाल प्रतियोगता सकिएको छ । बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सम्पन्न भएका हुन् ।
राष्ट्रिय ब्लिट्ज बुद्धिचालमा आशिष फुयाल विजयी भएका छन् । भने क्षितिज भण्डारी दोश्रो र प्रकासचन्द्र नेपाल तृतीय भएका छन् । दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप नवीन तन्डुकार विजयी भएका हुन् । भने सुसरत दहाल दोश्रो र क्षितिज भण्डारी तृतीय भएका छन् ।


तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा क्षितिज भण्डारी विजयी हुदाँ रुपेश जैशवालले दोश्रो र दिर्घराज जोशीले तृतीय स्थान हासिल गरेका छन् ।
तीन वटा छुट्टाछुट्टै प्रतियोगितामा क्षितिज भण्डारी, आशिष फुयाल र नवीन तन्दुकार विजयी भएका हुन् । पदकधारी खेलाडीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मानित गरिएको छ ।
नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर्स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भएको प्रतियोगिता कार्तिक २ गते पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्दघाटन गरेका थिए । वेदकोट नगरपालिका–८ का वडाध्यक्ष महेशराज जोशीले राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना यश क्षेत्रकै गौरवको विषय भएकाले बुद्धिचाल खेल स्थापित भएको बताए । साथै युवाहरुलाई खेलमा लाग्न प्रतियोगिताले उत्साह थपेको बताए ।
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका संयोजक नारायण प्रशाद गमालको अध्यक्षतामा भएको समापन कार्यक्रममा पुर्वमन्त्री प्रतिनिधि सभा सदस्य भानुभक्त जोशी प्रमुख अतिथि रहेका थिए । साथै कार्यक्रम पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश रावल लगायत महासंघका पदाधिकारी, खेलप्रेमी तथा स्थानीयको सहभागीता रहेको थियो ।

