ghar sansar

ब्राउन सुगर बेच्न महेन्द्रनगर आएका दुई भारतीय पक्राउ, २८ ग्राम ब्राउन सुगर बरामद

khasi

महेन्द्रनगर । लागु औषध कारोबारका लागि महेन्द्रनगर आएका दुई भारतीय दुई भारतीय नागरिक पक्राउ परेका छन । बिहीबार साँझ उनीहरुलाई भीमदत्त नगरपालिका १८ बाट लागु औषध सहित पक्राउ गरिएको छ ।

लागु औषध नियन्त्रण ब्यूरो कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले दुई भारतीय युवकलाई लागु औषध खैरो हिरोईन सहित पक्राउ गरेको छ ।

ratnam
dirghayi clinic

लागु औषध नियन्त्रण ब्यूरोका इन्चार्ज प्रहरी बरिष्ठ निरीक्षक केशब राज जोशी नेतृत्वको टोलीले भारत उत्तरप्रदेशका २८ बर्षिया गुफरान अली र २६ बर्षिया रेहान अहमतलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

लागु औषध नियन्त्रण ब्यूरोका प्रह पदम सिह विष्टले विशेष सुचनाका आधारमा अली र अहमतलाई पक्राउ गरिएको बताए । उनीहरुको साथबाट २८.३५ग्राम खैरो हिरोईन सहित मोटरसाईकल, बरामद गरिएको छ ।

लागु औषध नियन्त्रण ब्यूरो कञ्चनपुरले स्वदेश तथा विदेशका लागु औषधका तस्कर समुहलाई नियन्त्रण गर्दै प्रहरीलाई बुझाईरहेको छ ।

Himal dental
सम्बन्धित
Loading...