

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले तिहार र छठलाई मध्यनजर गरी महेन्द्रनगर बजारमा अनुगमन गरेको छ । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीकोन नेतृत्वमा बिहीबार माछा र मिठाई पसल अनुमन गरिएको छ ।
अनुगमनमा टोली संयोजक प्रशासकीय अधिकृतसुवास अधिकारी, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत ज्योती कुमारी बोहरा,प्रदेश उपभोक्तहित संरक्षण समितिका उपाध्यक्ष प्रभुनिधी पन्त,भीमदत्त नगरपालिकाका पशु चिकित्सक डा. दिनेश पन्त, उद्योग वाणिज्य संघ,वार्ड प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष खनाल सहभागी भएका छन् ।


टोलीले व्यवसाय दर्ता गरे नगरेको,नविकरण भए नभएको र सरसफाई म्याद नाघेका सामाग्रीहरु लगायतको अनुगमन गरिएको नगर उप मेयर लेखकले बताइन् ।

‘पहिलो चरणमा भएका गल्तीलाई सच्चाउन र वहाँहरुलाई सचेत गराउन नविकरण नभए नविकरण गराउन अनुगमन गरिएको छ’ उनले भनिन् ।
पालिका र सम्बन्धित निकायहरुको बैठकबाट बजार अनुगमन गरिने भन्ने निर्णय अनुसार माछा पसल, मिठाई पसल र प्लाष्टिकको मालाहरुको अहिले अनुगमनको प्राथमिकतामा राखेर काम भएको बताइन् ।

बजारमा रहेको माछा पसलहरुमा अनुगमन गर्दा केही माछाहरु खान अयोग्य रहेको भन्दै ढाई किलो माछालाई जफत गरिएको भीमदत्त नगरपालिकाका पशु चिकित्सक डा. दिनेश पन्तले बताए ।
‘बजारमा लामो समयदेखि राखिएका माछाहरु जुन खानलाई योग्य छैनन्, तिनलाई मुचुल्का बनाएर नष्ट गरिएको र अन्य खाद्य पदार्थ पनि जफत गरिएको छ’ उनले भने ।

