ghar sansar

प्याब्सन कञ्चनपुरले बाँड्यो रौटेला वृद्धाश्रममा फलफूल

khasi

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) कञ्चनपुरले दशैं, तिहार र छठ पर्वको अवसरमा बेदकोट नगरपालिका ८ स्थित रौटेला वृद्धाश्रममा फलफूल वितरण गरेको छ ।

dirghayi clinic

प्याब्सनले रौटेलामा शुभ कामना आदानप्रदान कार्यक्रम गरी वृद्धाश्रममा फलफूल वितरण गरेको छ । वृद्धाश्रममा २० जना वृद्धवृद्धा बस्दै आएका छन् ।

ratnam

प्याब्सन केन्द्रीय सल्लाहकार डा. हिरा चन्द, केन्द्रीय उपाध्यक्ष सुरेन्द्रराज ओझा, केन्द्रीय सदस्य प्रेम सिह पुजारा, जिल्ला अध्यक्ष अमराज भट्ट सहित पूर्व केन्द्रीय सदस्य, प्याब्सन कञ्चनपुरका जिल्ला पदाधिकारी, सदस्य र विभिन्न स्कुलका सञ्चालक, शिक्षक, कर्मचारी सहभागी भएका छन् ।

प्याब्सन जिल्ला अध्यक्ष भट्टले दशै तिहार र छठ पर्वको अवसरमा बर्सेनी शुभकामना आदानप्रदान गर्दैै आएको बताए ।

Himal dental
सम्बन्धित
Loading...