ghar sansar

बेलौरीमा नेपाल संवत ११४५ को अवसरमा लाखे नाच प्रदर्शन र प्रभातफेरि

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकामा नेपाल सम्वत ११४५ को अवसरमा नेवाः देय् दबु जिल्ला कार्यसमिति कञ्चनपुरको आयोजनामा बुधबार लाखे नाच सहित पछिको प्रभातफेरी गरे पश्चात बेलौरी उद्योग संघको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

dirghayi clinic

कार्यक्रमको सभापति नेवाःदेय् दबु जिल्ला कार्य समिति अध्यक्ष प्रकाश श्रेष्ठ, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, विशिष्ट अतिथि नेवाःदेय् दबु केन्द्रिय कार्य समिति एवं प्रदेश कार्य समिति संयोजक विजेन्द्र कायस्थ, अतिथिमा बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्क बहादुर भूल,नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख टंकराज गिरि, सशस्त्र प्रहरी बल प्रस्ताविक गुल्म बेलौरीका प्रमुख सन्दिप अर्याल लगायत संचारकर्मी सहभागी भएका छन् ।

राष्ट्रिय एकताको संस्कार नेपाल सम्वतको आधार भन्ने मूल नाराका साथ राष्ट्रिय विभूति शङ्खधर शाख्वा द्वारा नेपाली जनताको ऋणमोचन गरी नेपाल देशको नाम स्थापना गरी गरिएको नेपाल सम्वत यही कार्तिक १६ बाट नेपाल सम्बत ११४४ सम्पन्न भई कार्तिक १७ गते बाट११४५ को शुभारम्भ हुने अवसरमा नेवाःदेय् दबु जिल्ला कार्य समिति द्वारा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको जिल्ला कार्यसमिति अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिँदै नेपाल संवतलाई सबै जातजातीहरुले मनाउनु पर्नेमा जोड दिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, विशेष झाँकी प्रस्तुति गरिएको थियो। कार्यक्रम सञ्चालन मिरा श्रेष्ठले गरेकी थिइन ।

Himal dental
सम्बन्धित
Loading...