ghar sansar

कञ्चनपुरका सुरेन्द्रराज ओझा भए जीवनका लागि गीता ज्ञान अभियान केन्द्रीय संयोजन समितिको सह संयोजक

khasi

महेन्द्रनगर । जीवनका लागि गीता ज्ञान अभियानको केन्द्रिय संयोजन समिति र चितवन जिल्ला समितिको घोषणा गरिएको छ । चितवनको भरतपुरस्थित होली भिजन पब्लिक स्कूलमा मिन राज बस्ताकोटीको सभापतित्व र शिक्षाविद् लेखनाथ खनाल प्रमुख आतिथ्यमा घोषणा कार्यक्रम गरिएको छ । हरिहर भक्तियोगीले सञ्चालन गरेको घोषणा कार्यक्रममा सामाजिक, प्राज्ञिक तथा आध्यात्मिक व्यक्तित्व सहभागी भएका छन् ।

घोषणा सभाबाट डा. हरि चन्द्र कमली संकल्पकर्ता तथा संयोजक घोषणा गरिएका छन् । अभियानको सह संयोजकमा आचार्य सुरेन्द्र ओझा, सुदिप पौडेल, सुदन डोटेल, योगमाला सिर्जना मैनाली, नरहरि प्रेमी, डा. हरिश्चन्द्र भण्डारी, दिना नाथ पण्डित, हरिहर भक्तियोगी, केशव अधिकारी, डा. गिरी पन्थी, दिलराज पाठक, राजेन्द्र प्रसाद धिताल, बाबुराम पाण्डे, तीर्थ राज वाग्ले, दिपा उप्रेती, धर्म राज अवस्थी, होम राज खड्का, बासुदेव भट्ट, तेज जङ्ग मल्ल, के बी मशाल र प्रभा शर्मा छन् । उनीहरुमध्ये ओझा कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का वासिन्दा हुन् ।

ratnam
dirghayi clinic

समितिमा १ सय ७० जना केन्द्रीय सदस्य तथा अभियन्ता छन् । अभियानमा डा. चिन्तामणि योगी, प्रा.डा. गुरु प्रसाद सुवेदी, चैतन्य कृष्ण, डा. गोबिन्द शरण उपाध्याय, प्रा.डा. गोबिन्दराज भट्टराई, प्रा. डा. कृष्ण चन्द्र शर्मा, प्रा.डा. विद्या नाथ कोइराला, प्रा. डा. माधव प्रसाद पोखरेल, प्रा. डा. बीण पौडयाल, प्रा. डा. बाल चन्द्र लुइँटेल, प्रा. डा. राम प्रसाद उप्रेती, डा. निर्मलमणि अधिकारी, डा. रघु नाथ नेपाल, श्री पद्मराज जोशी प्रभात, डा. मित्र परियार, योगिनी सरितानन्दी, दुर्गा न्यौपाने, आचार्य घनश्याम लेखक र बासुदेव काफ्ले सल्लाहकार छन् ।

यसैगरी अभियानको चितवन जिल्ला संयोजन समिति पनि घोषणा गरिएको छ । नारायण रेग्मीको संयोजकत्वमा समिति घोषणा गरिएको छ। समितिमा तीर्थ राज वाग्ले, पण्डित विमल गौतम, बिष्णु भक्त न्यौपाने, जय नारायण सापकोटा र प्रदीप काफ्ले सह संयोजक छन् ।

समितिमा ३० जना सक्रिय अभियन्ता घोषणा गरिएका छन् । समितिको सल्लाहकारमा लेखनाथ खनाल, डा. बासुराज पाण्डे, प्रेम कुमार गैरे, प्रेम प्रसाद सापकोटा र विष्णु हरि खनिया छन् ।

Himal dental
सम्बन्धित
Loading...