ghar sansar

९ महिनामै विद्यालय सुधार देखाएका प्रधानाध्यापक पुष्पमणी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १४ वनकट्टीस्थित बैजनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् पूर्व वडा अध्यक्ष हर्क बहादुर खाती । उनी २०४९ को स्थानीय निकाय निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।

वडा अध्यक्ष खातीले आफू वडा अध्यक्ष हुँदा विद्यालयलाई मा.वि. (हाई स्कुल ) बनाउन भरमग्दुर प्रयास गरे । त्यसका लागि आफैंले धरौटी खोजेर निमाविसम्म सञ्चालन गरे । त्यस बेला खातीले ७५ हजार धरौटी व्यक्तिगत रुपमा जुटाए ।

आफ्नो कार्यकालमा जसरी पनि मावि सञ्चालन गर्ने उनको धोको पूरा हुन सकेन । उनी जीवनको धोको पूरा नगरी पदबाट बाहिरिए । त्यसपछि विद्यालयमा विद्यार्थी संख्या ह्वात्तै घट्यो, निजी बोर्डिङ्ग स्कुलतिर बालबालिका जान थाले । खातीले विद्यार्थी रोक्न अनेक प्रयत्न गरे । गाउँ टोलका सबै विद्यार्थीलाई पढाएर वडाको नमूना विद्यालय बनाउने सपना सधैं देखि रहे । जनप्रतिनिधि हुँदाको आफ्नो धोको पूरा गर्नका लागि उनी विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरे । यस शैक्षिक सत्रदेखि विद्यालयका अध्यक्ष खातीलाई फेरि आफ्नो जीवनको धोको पूरा हुने आश जागेको छ । उनी फेरि पूरानो जोश जाँगरका साथ विद्यालयमा ध्यान दिएका छन् ।

भन्छन्,– २०४९ मा वडा अध्यक्ष भएपछि मैले हाइ स्कुल सञ्चालन गरुला भनेर लागे, निमावि सञ्चालन गरियो, धरौटी खोजे, कार्यकाल सकिएपछि त्यो काम हुन सकेन, विद्यार्थी पनि घट्दै गयो, अहिले आएर फेरि आश जागेको छ, विद्यार्थी बढेका छन्, फेरि हाइ स्कुल बनाउन सकिन्छ भनेर अघि बढ्छौ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खातीलाई प्रधानाध्यापक पुष्पमणी जोशीले पूरानो धोको पूरा गर्ने बाटोमा लगेका हुन् । गत फागुनमा प्रधानाध्यापक भएका जोशीले विद्यालयको शैक्षिक, भौतिक र प्रशासनिक लगायतका क्षेत्रमा गरेको कार्यले अधयक्ष खाती आश जागेको बताउँछन् ।

‘अहिले धेरै सुधार भएको छ, विद्यार्थी बढेका छन्, शिक्षक कर्मचारी, स्टाफ, अभिभावक सबैको साथ सहयोग पाएका छौ’ उनले भने,‘यसमा प्रधानाध्यापकज्यूको भूमिका सबैभन्दा महत्वपूर्ण छ, यसले विद्यालयको शैक्षिक प्रगति हुने आश जागेको छ ।’

भीमदत्त नगरपालिकाले गत फागुनमा जोशीलाई लक्ष्मी माध्यमिक विद्यालय खैरभट्टीबाट सरुवा गरी बैजनाथ पठाएको थियो । उनी विद्यालय जाँदा ४८ जना विद्यार्थी थिए । विद्यालयका कक्षा कोठा मैदान लथालिङ्ग थिए । खेल मैदानमा फोहर यत्रतत्र थियो ।

विद्यालय छेउछाउछिर बेसरमा झाडी थिए । यी सबै परिदृष्यले प्रधानाध्यापक जोशी भावुक भए । विद्यालय सुधारका लागि तत्काल केही न केही कदम उठाउनु पर्ने बाध्यता महसुस गरी विद्यालय सुधारको योजना बनाएर अघि बढ्ने लक्ष्य लिए ।

प्रधानाध्यापक जोशी विद्यालय हाजिर भएको केही दिनपछि होली पर्व सुरु भयो । उनले होलीलाई अभिभावक भेटघाट र आर्थिक स्रोत जुटाउने पर्वको रुपमा उपभोग गर्ने नीति लिए । त्यसका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी सबैले होली गर्ने छलफल गरे । उनको प्रस्तावमा सबै सहमत भएपछि विद्यालय सेवा क्षेत्रका सबै घरदैलोमा पुगेर होली खेलियो । होलीमा स्थानीय र अभिभावकहरु पनि सहभागी भए ।

‘म फागुनमा आएपछि प्रधानाध्यापक भएको हुँ, म आउँदा ४८ विद्यार्थी थिए, अघिल्लो शैक्षिक सत्र त झन ४७ जना विद्यार्थी रहेछन्’ प्रधानाध्यापक जोशीले सुनाए,‘फागुनमा होली आएपछि त्यसलाई भेटघाट, सम्बन्ध विस्तारका रुपमा उपयोग ग¥यौ, अहिले त्यसैबाट विद्यार्थी बढेर अहिले १ सय ४५ पुगेका छन्, अर्को शैक्षिक सत्रसम्म यो संख्या अझै बढ्छ ।’

नर्सरीदेखि कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा पहिलो प्रयासमा विद्यार्थी संख्या बढेपछि प्रधानाध्यापक जोशी उत्साहित छन् । अभिभावकहरुलाई सम्झाई बुझाई गरेपछि विद्यार्थी बढेको उनी बताउँछन् । अभिभावकहरुले बोर्डिङ्गबाट छुटाएर बालबालिका पठाएका छन् ।

बोर्डिङ्गबाट आफ्ना बच्चालाई छुटाएर विद्यालय भर्ना गर्नेमा बझाङ्गको शारदा माध्यमिक विद्यालय थलाराका शिक्षक कर्ण बहादुर खाती पनि छन् ।

‘अभिभावकहरुसित हामीले कमीकजोरी राख्यौ, अब कसरी पढाउँछौ भनेर कन्भेन्स ग¥यौ, विद्यालय सुधारको योजना बतायौ, वहाँहरुले हाम्रो कुरामा विश्वास गरी केटाकेटी पठाउनु भयो’ प्रधानाध्यापक जोशी भन्छन्,‘अभिभावकको यो विश्वासलाई सधैं कायम राख्न शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति सबै एक ढिक्का भएर लागेका छौ ।’

dirghayi clinic

विद्यार्थीलाई पढाईका साथै अतिक्ति क्रियाकलापमा पनि प्राथमिकता दिइएको छ । विद्यालयले विद्यार्थीहरुको अन्तनिर्हित क्षमता प्रस्फुटनका लागि हरेक शुक्रबार बुक फ्रि डे गरेको छ । भीमदत्त नगरपालिकामा सबैभन्दा पहिले बैजनाथ आधारभूत विद्यालयमा शुक्रबार बु फ्रि डे गरिएको थियो ।

फोहरका टुक्राटुक्री असरल्ल देखिने विद्यालयको मैदान चिटिक्क छ । कक्षा कोठा अघि निर्माण गरिएको बगैँचाले विद्यालयको सुन्दरता बढाएको छ । प्रधानाध्याप जोशी आफैैंले बगैंचा निर्माण गरेका थिए ।

गाउँमा मजदुर नपाएपछि प्रधानाध्यापक जोशी आफैं मिस्त्री भएर बगैँचा निर्माण गरेका हुन् । उनले बगैँचा निर्माण गरेको तस्बिरहरु सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएका थिए ।

‘विद्यालयसित आन्तरिक स्रोत छैन, अलिकति रकम थियो, त्यसमा काम गर्न मजदुर पाएनौ, त्यसपछि आफैंले बगैँचा निर्माण गरे’ प्रधानाध्यापक जोशीले भने । बगैँचासंगै विद्यार्थीहरुले विद्यालय प्राङ्गणमा विभिन्न प्रजातिका विरुवा रोपेका छन् ।

विद्यालयमा प्रधानाध्यापक जोशी सहित १० जना शिक्षक कर्मचारी छन् । उनीहरुमा निमाविमा ३, प्रावि ३, बाल विकास २ र निजी स्रोतमा २ जना कार्यरत छन् ।

प्रधानाध्यापक जोशी निमावि दरबन्दीका हुन् । लामो समयदेखि शिक्षण पेशामा संलग्न जोशी अनुभवी शिक्षक मानिन्छन् । बैतडीको मेलौली नगरपालिका २ दुर्गास्थानस्थित श्रीकेदारेश्वर माध्यमिक विद्यालयमा स्थायी नियुक्ति लिएर शिक्षण गर्न अघि जोशीले कञ्चनपुरका विभिन्न विद्यालयमा शिक्षण गरि सकेका थिए ।

भीमदत्त नगरपालिकामा उनले लक्ष्मी मावि बागफाँटा, लक्ष्मी मावि खैरभट्टी र महाकाली जनसेवा मावि हल्दुखालमा शिक्षण गरि सकेका छन् ।

विद्यालयले विद्यार्थीको मूल्याङ्कन र अतिरिक्त क्रियाकलापलाई विशेष ध्यान दिएको प्रधानाध्यापक जोशीले बताए । अतिरिक्त क्रियाकलापमा खेलकूल लगायतका गतिविधि हुने गरेको उनको भनाई छ ।

खेलकूद बाहेक अतिक्ति क्रियाकलाप अन्र्तगत विद्यार्थीलाई व्यवसायिक सीप सिकाउने खालका कार्यक्रम हुने गरेका छन् । त्यसमा सिलाई, बुनाई, करेसाबारी निर्माण लगायतका छन् ।

विद्यालयले करेसाबारी निर्माणका लागि हरित गृह कार्यक्रम अन्र्तगत यस वर्ष १५ हजार रकम पाएको थियो । त्यसबाट करेसाबारी निर्माण लगायत कार्यक्रम गरिएका छन् । करेसाबारीमा हर्बल प्लान्ट रोपिएका छन् ।

विद्यालयको आन्तरिक स्रोत नभएकाले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन समस्या भएको प्रधानाध्यापक जोशीले बताए ।

स्थानीय सरकारले जिम्मा नलिएपछि सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकलाई तलब समस्या समाधान नहुने प्रधानाध्यापक जोशी बताउँछन् ।

‘नगरपालिकाले नगर शिक्षक नियुक्त नगर्दासम्म तलबको समस्या समाधान हुन सक्दैन’ उनले भने ।

 

Himal dental
सम्बन्धित
Loading...