

महेन्द्रनगर । योग र आर्युवेदका माध्यमबाट हरेक व्यक्तिको शारीरिक मानसिक एवं आध्यात्मिक विकास गरि परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने एकल उद्देश्य बोकेको पंतञ्जली योग समिति कञ्चनपुरको बार्षिक सतसंग तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
पंतञ्जली कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीको सभापतित्व तथा भीमदत्तनगरका नगर प्रमुख पदम बोकटीको प्रमुख आतिथ्यता एवं उप प्रमुख निलम लेखक जोशी, पंतञ्जली नेपालका मुख्य केन्द्रिय प्रभारी लबदेव मिश्राको विशिष्ट आतिथ्यता गरिएको छ ।
पञ्तञ्जली नेपालका केन्द्रिय सदस्य लबराज भट्ट, वडा नं. ४ का अध्यक्ष शुशिल भट्ट बागमति प्रदेश महामन्त्री सुधा कलौनी , पतंञ्जली महिला अध्यक्ष कमला पाण्डेय लगायत कञ्चनपुर पंतञ्जलीमा आवद्ध प्रशिक्षक सहभागी भएका छन् ।


उद्घाट्न कार्यक्रममा महामन्त्री हरि रावलले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष शमसेर चन्दले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी दिनमा जिल्लाका हरेक स्थानिय तह र तिनका वडाहरुमा योग प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरी हजारौ हजार आम जनतामा योग र आर्युवेदनको चेतना अभिवृद्धि गर्ने लक्ष्य सतसंग तथा जिल्ला अभिवेशनले लिएको छ ।
अधिवेशनमा बिशष्टि अतिथि तथा पंतञ्जली नेपालका मुख्य केन्द्रिय प्रभारी लबदेव मिश्रले कञ्चनपुर जिल्ला पछिल्ला दिनहरु योगमासक्रिय रहेको र कञ्चनपुर जिल्लालाई योगको नमुना जिल्ला बनाउन सबै योगमा अवद्ध योगीहरुको अहम भुमिका रहनु पर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पदम बोगटीले नगरपालिकाले हरेक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलापमा योग समावेश गरिएको र छिट्टै योग हल निर्माणका लागि नगरपालिका गृहकार्य गरिहेको कुरा बताए ।
पंतञ्जली समिति कञ्चनपुरको अघिवेशनको बन्त्र सत्रले दयाकृष्ण जोशीलाई पुनः छटौ पटक सर्व सम्मतिले अध्यक्ष पदमा चयन गरेको । बाँकी उपाध्यक्ष २, महासचिव १, सचिव १, संगठन सचिव १, कोषाध्यक्ष १, प्रशिक्षण विभाग प्रमुख १, मिडिया प्रमुख १, सदस्य ५, सल्लाहकार ५ जनाको छिट्टै गरिने कुरा मिडिया प्रभारी प्रेम सिंह भाटले बताए ।
