

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिक ट्राफिक चोकमा अटो रिक्सा र स्कुटी ठोक्किएका छन् । प्रशासन कार्यालय मार्ग हुँदै भाँसीतर्फ गई रहेको स्कुटी र भाँसीबाट चमनचोकतर्फ आइ रहेको अटो रिक्सा ठोक्किएका हुन् । दुबै सवारी ठोक्किएर अटो सडकमा पल्टिएपछि स्कुटीका चालक अटोभित्र च्यापिन पुगेका थिए ।



ट्राफिक प्रहरी कार्यालय नजिक दुर्घटना भए पनि ट्राफिक प्रहरी धेरै पछि मात्रै त्यहाँ पुगे । ट्राफिक प्रहरी जवान प्रकाश विष्ट सुरुमा त्यहाँ पुगे । उनीपछि अर्का प्रहरी पनि पुगे ।
ट्राफिक चोकमा ट्राफिक प्रहरीको पोष्ट पनि छ । त्यहाँ ट्राफिक प्रहरी बस्ने गरेका छन् । बुधबार दुर्घटना हुँदा पोष्टमा ट्राफिक नभएको प्रत्यक्षदर्शीहरुले बताए ।
