

डिल्लीराज पन्त
महेन्द्रनगर । आराध्यदेव सूर्यको आराधना गरी मनाइने महान् पर्व छठ तराईका जिल्ला लगायत विभिन्न जिल्लामा धुमधाम संग मनाउन थालिएको छ । विशेषगरी सूर्यको उपासना र आराधना गरी मनाइने यो पर्व दशै–तिहार पछिको प्रमुख चाडपर्वका रुपमा लिने गरिन्छ । छठ पर्व पछिल्लो समयम पहाडि मुलका वासिन्दाको बाहुल्यता रहेको सुदुर् पश्चिम को कञ्चनपुर र कैलालीमा समेत मनाईदै आएको छ ।
महाकाली सिचाईको नहर किनारमा र मोहना नदि किनारमा पुजा स्थल निर्माण गरी उनीहरुले पूजा आराधना गरेका छन । पुजा स्थलमा नहर तथा नदिलाई केरा, उखु , फुल,ध्वजा पताकाले सजाएर झकिझकाउ बनाई हर्षोउल्लासका साथ छठ पर्व मनाएका छन् ।

छठ पर्वमा केही वर्षअघि सम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व अहिले राजधानी लगायत देशका अन्य जिल्लामा समेत धूमधामसंग मनाईने र विशेष गरी मधेसी समुदायले मनाउने यो पर्व अचेल पहाडी समुदायका मानिसहरु समेत उल्लेख्य सहभागी हुदै आएका मधेसी समुदायका अगुवा हरि ठाकुरले जानकारी दिए ।
तीन दिन सम्म निराहार ब्रत वसी नदि तथा तलाउमा गई सुर्य भगवानलाई अर्घ दिई छठ माताको पुजा अर्चना गर्नाले पारिवारिक शुख शान्ती प्राप्त हुने र दुःख कलेस समेत हटेने धार्मिक मान्यता रहदै आएको बैतालु महिलाले बताएका छन् ।
विभिन्न काम तथा व्यवसाय गरी बसेका तथा स्थायी रुपमा कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका तराईबासीहरूले आईतवार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर धुमधामसंग छठ पर्व मनाएका र स्थानिय सरकारले मधेशी समुदायले मनाउने माहान पर्व छठ पर्वका लमगी सक्दो सहयेग गर्ने तथा उपयुक्त स्थान तोकी पुजा घाटका लागी छिट्टै पहल थाल्ने भीमदत्त नगरपालिकाले जनाएको छ ।
छठ पर्व पछिल्लो समयम पहाडि मुलका वासिन्दाको बाहुल्यता रहेको सुदुर् पश्चिम को कञ्चनपुर र कैलालीमा समेत मनाईदै आएकाले उनीहरुको परम्परागत तथा धार्मीक मान्यता वोकेको छठ पर्वको पहिचान जोगाई राख्न समेत अन्य समुदायले समेत सहभागिता हुनु पर्ने देखिन्छ ।
