ghar sansar

एसईईमा उत्कृष्ठ नतिजा ल्याउने शिक्षक हित सहकारीका दुई शेयर सदस्यका सन्तानलाई नगद सहित सम्मान

khasi

महेन्द्रनगर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले २०८० सालको एसईई परीक्षा उत्कृष्ठ अंक ल्याउने आफ्ना दुई शेयर सदस्यका छोरा छोरीलाई नगद सहित सम्मान गरेको छ ।

dirghayi clinic

सहकारीको १२ आंै वार्षिक साधारण सभाका अवसरमा दुई जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सुभास बुढा र तुलसी उपाध्यय हुन् । बुढा शेयर सदस्य बम बहादुर बुढा छोरा र उपाध्यय कृष्णराम उपाध्ययकी छोरी हुन् ।

ratnam

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री मन्त्री राजेन्द्र सिह रावलले दोसल्ला ओढाएर नगद प्रदान गरी सम्मान गरे । सहकारीले विगतदेखि सम्मान गर्दै आएकोमा यस यस वर्ष त्यसलाई निरन्तरता दिएको हो ।

सहकारीका अध्यक्ष बहादुर चन्दको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...