

महेन्द्रनगर । पुनर्वासस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीलाई बाख्रा चोरलाई उन्मुक्ति दिएको आरोप लागेको छ । कार्तिक ४ गते बेलौरीबाट बाख्रा चोरेर भाग्दै गर्दा पुनर्वास नगरपालिका–१,बलभद्रबस्तीबाट बाख्रा सहित मोटरसाईकलमा सवार दुईजनालाई स्थानीयले समातेर आई.बी.आर.डी. स्थित अस्थायी प्रहरी पोष्टलाई बुझाएको थियो ।
बाख्रा हराएका धेरै व्यक्तिहरु आई.बी.आर.डी. चौकीमा पुग्न थालेपछि बाख्रा सहित उनीहरु दुबैजनालाई त्यहाँबाट ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पु¥याईयो । उनीहरुसँगै ५÷६ जना बाख्रा पालन किसानले प्रहरीमा तत्कालै निवेदन समेत दिए ।

तर नयाँ शैलीमा देखिएका दुई जना बाख्रा चोरबाट दुई जना किसानको असुली गराई अन्य पिडित निवेदकलाई जानकारी नगराई कात्र्तिक ५ गते प्रहरीले चोरलाई सजिलै आफन्तको जिम्मामा छाडेको खुल्न आएको छ ।
चोरीको बाख्रा सहित बरामद भएपछि प्रहरीले निवेदकहरुबाटै मुद्धा दर्ताका लागि कदम चाल्नुपर्ने थियो । यता ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले भने अलि फरक ढंगबाट चोरलाई उन्मुक्ति दिईयो । प्रहरीले निवेदकहरुलाई कुनै जानकारी नगराई चोरलाई छाडेपछि अहिले बाख्रा पालन किसान प्रहरी कार्यालय धाउँदै गर्दा समेत चासो नदिँदा चोर पक्षबाट पैसा खाएर चोरलाई उन्मुक्ति दिएको प्रहरी माथी नै आरोप छ ।

असोज २ गते घर अगाडी बाधेको खसी मोटरसाईकलमा आएका दुईजनाले लगेको भन्नले सुनेपछि आफु ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको सिसिटिभी क्यामेरा हेर्न पुगेको र ईन्सपेक्टरसँगै बसेर आफुले क्यामेरा हेरेको पुनर्वास–११, अमरबस्तीका कृष्ण सुनारले बताए ।
तर क्यामेरामा उनीहरु नदेखिएपछि खोजी गर्दै गर्दा कात्र्तिक ४ गते दुईजनालाई बेलौरीबाट किसानले लखेटेर प्रहरीलाई बुझाएको सुनेपछि आफुले पनि सोहि दिन प्रहरीमा निवेदन दर्ता गराएको हुँ । चोरसँग छलफल नै नगराई उनीहरुलाई प्रहरीले छाडेछ । पछि बुझीलाने मान्छे झिकाइदिन अग्रह गर्दा पनि केहि दिन देखि प्रहरीले अटेर गरिरहेको पिडित निबेदन सुनारले गुनासो पोखे ।
यस्तै, अर्का पिडित मोतिराम रानाको पनि गुनासो उस्तै छ । आफुहरु अर्को पालिकाको भएको र सदैब इप्रका आउँजाउ गर्न समेत समस्या भईरहेको छ । प्रहरीले आफ्नो निवेदनमाथी कुनै प्रतिक्रिया नजनाएपछि प्रहरीकै गल्तीका कारण थप पिडा महसुस भएको सुनाए ।
शुक्लाफाटा–१२ बस्ने सुनिता रानाले पनि बेलौरीमा निवेदन दिएको र पुनर्वासमा समेत जानकारी गराएको बताईन । तर चोरलाई छाडेको प्रहरीले अहिले आएर शुक्लाफाँटा प्रहरीलाई भन्न भन्दै आफुलाई फर्काइदिएपछि मार्कामा परेको उनको भनाई छ ।
यस बिषयमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरिक्षक महेश बिक्रम शाहीलाई बुझ्दा सो बिषयमा आफु धेरै जानकार नरहेको जवाफ दिए ।
“मुद्दा शाखाका प्रहरी सहायक निरिक्षक नृप बहादुर शाहले के कसरी चोरलाई छाडे आफुलाई थाहा नभएको र आफु लालझाडी–१ मा भएको राना दम्पती हत्या प्रकरणको अनुसन्धानमा थिए । पछि छाडिएको चोेर र उनीहरुलाई बुझ्ने ब्यक्तिलाई पटक पटक कार्यालयमा आउन ताकेता गर्दा समेत नआएको तर समातेको दिन स्विकार नगरेपनि अर्को दिन बेलौरीबाट बाख्रा चोरेको उनीहरुले स्विकार गरेको थिए, प्रहरी निरिक्षक शाहीले भने ।
