ghar sansar

घरेलु तथा साना उद्योग कार्यालयमा घट्यो प्रविधि हस्तान्तरणको बजेट

Amity

महेन्द्रनगर । सुदूरपश्चिम सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयमा प्रविधि हस्तान्तरणको बजेट घटेको छ । यस आर्थिक वर्षमा तीन लाख बजेट कटौती गरी गत वर्ष भन्दा कम बजेट दिइएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा प्रविधि हस्तान्तरणका लागि १० लाख बजेट छुट्याइएको थियो ।

उद्योग व्यवसाय सञ्चालनलाई टेवा र प्रवद्र्धन पुगाउन लागत साझेदारीमा प्रविधि हस्तान्तरण अन्र्तगत सहयोग हुँदै आएको छ । यस अन्र्तगत उद्यमीले २० प्रतिशत लागत साझेदारी व्यहोर्न पर्ने हुन्छ ।

lotus institite

कार्यालयले उद्यमीलाई बढीमा एक लाखसम्मको प्रविधि खरिद गरी हस्तान्तरण गर्दै आएको छ । गत वर्ष १६ जनालाई प्रविधि हस्तान्तरण अन्र्तगत रकम प्रदान गरिएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमन्त बहादुर सिंहले उद्यमी व्यवसायीलाई टेवा पुगाउन प्रविधि हस्तान्तरण अन्र्तगत कार्यालयले सहयोग गर्दै आएको बताए ।

‘यो कार्यक्रमको लक्ष्य उद्यमी व्यवसायीलाई टेवा पुगाउने, प्रवद्र्धन गर्ने हो, यसमा उद्यमीले मागेको प्रविधि किनेर प्रविधि हस्तान्तरण गर्छौ’ कार्यालय प्रमुख सिहले भने,यस वर्ष बजेट कम आएकाले गत साल भन्दा कम उद्यमीलाई सहयोग गर्छौ ।’

किसानका मागका आधारमा प्रविधि हस्तान्तरण अन्र्तगत सहयोग गरिने कार्यालयका लेखा अधिकृत जयराज पाण्डेयले बताए ।

‘किसानको मागको आधारमा प्रविधि हस्तान्तरण हुन्छ’ लेखा अधिकृत पाण्डेयले भने,‘यसमा उद्यमी व्यवसायीको पनि लागत साझेदारी हुन्छ ।’

कार्यालयका अनुसार गत वर्ष सिलाई मेसिन, घाँस काट्ने मेसिन, चक्की लगायतका प्रविधि हस्तान्तरण गरिएका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष सुरेश गुरुङ्गले उद्यमी व्यवसायीलाई दिँदै आएको सहयोग रकम घट्न राम्रो नभएको बताए । ‘उद्योग व्यवसायको विकास नभए देशको विकास सम्भवन छैन, उद्यमी व्यवसायीलाई प्रोत्साहन आवश्यक छ’ उनले भने ।

कार्यालयका अनुसार कञ्चनपुरमा ११ हजार भन्दा बढी घरेलु तथा साना उद्योग छन् । ती उद्योगमा सेवा मुलक, कृषि, बाणिज्य, उत्पादन, पर्यटन लगायतका छन् ।

कार्यालयका अनुसार उद्योग दर्ता गर्ने क्रममा केही घटेको छ । कार्यालय दर्तामध्ये आधा उद्योग बन्द भएका छन् । केही उद्योग सरकारी अनुदान पाउन र विदेश जान सम्पत्ति देखाउन मात्रै सञ्चालन गरिएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयमा ५ करोडसम्म पूँजी भएका उद्योग दर्ता हुने गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...