

महेन्द्रनगर । पुर्चौडी समाज कञ्चनपुरले क्यान्सर पीडित दिपेन्द्र साउँदलाई उपचार खर्च सहयोग गरेको छ । समाजले बिहीबार उपचारका लागि २१ हजार आर्थिक सहयोग गरेको हो ।

समाजका अध्यक्ष बिरेन्द्र ऐरले समाजले कमजोर आर्थिक अवस्था भएका गरीब, असहायलाई सहयोग गर्दै आएकोमा साउँदलाई उपचार खर्च सहयोग गरिएको जानकारी दिए ।

सहयाग रकम स्हतान्तरणमा समाजका अध्यक्ष ऐर सहित पदाधिकारी र सदस्य सहभागी भए । सहयोग रकम क्यान्सर पीडित साउँदकी धर्मपत्तिको खातामा जम्मा गरिएको बताइएको छ ।
