

महेन्द्रनगर । महाकाली आयुर्वेदक औषधालयमा नयाँ कार्यालय प्रमुखको स्वागत र कविराजको विदाई गरिएको छ । शुक्रबार कार्यालयमा कार्यक्रम गरी नयाँ कार्यालय प्रमुख डा. सूूर्य प्रसाद उपाध्ययलाई स्वागत गरिएको छ ।
उपाध्ययलाई औषधालयका कार्यालय प्रमुख डा. चुडामणी कलौनीले स्वागत टिका र खादा लगाएर स्वागत गरे । उपाध्यय सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट सरुवा भएर आएका हुन् ।


]उनी पाँच वर्षपछि फेरि कार्यालय प्रमुख भएर आएका हुन् । कार्यालय प्रमुख डा. कलौनीको स्थानमा उनी आएका हुन् । डा. कलौनीको प्रदेश आयुर्वेद चिकित्सालय राजपुर सरुवा भएको छ ।
यसैगरी कार्यालय प्रमुख कलौनीले कविराज गजेन्द्र नारायण कुशवाहलाई टिका र खादा लगाएर विदाई गरेका छन् । कार्यक्रममका कार्यालयका प्राविधिक, कर्मचारी सहभागी भएका छन् ।

नयाँ कार्यालय प्रमुख उपाध्ययले आयुर्वेद विकास र विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताए ।
