ghar sansar

महाकाली प्राविधिक शिक्षालयका विद्यार्थीहरुले गरे सरसफाई

khasi

महेन्द्रनगर । महाकाली बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले शनिबार सरसफाई गरेका छन् । अञ्चल समाज कल्याण बाल अनाथादेखि शिक्षालय हुँदै आदर्श विद्या निकेतसम्मको क्षेत्रमा विद्यार्थीहरुले सरसफाई गरेका छन् ।

भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष एबम् शिक्षालय सञ्चालक समिति सदस्य शुसिल कुमार भट्टले सरसफाई कार्यक्रम प्रारम्भ गरे ।

dirghayi clinic

शिक्षालयका सूचना अधिकारी चुडामणी शर्माले सञ्चालन गरेको कार्यक्रममा शिक्षालयमा अध्ययनरत ४ कार्यक्रमका ९० विद्यार्थी सहभागी भएका छन् । उनीहरुलाई शिक्षालयका १० जना प्रशिक्षक कर्मचारी र भीमदत्त नगरपालिकाका सरसफाई शाखाका कर्मचारीहले सहयोग गरे ।

शिक्षालय परिसरबाट सरसफाई कार्यक्रम सुरु गरिएको हाृ । सरसफाईलाई हरेक शनिबार सञ्चालन गरी निरन्तरता दिइने जानकारी दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...