ghar sansar

नव प्रतिभा पब्लिक स्कुलका प्रिन्सिपल चन्द असल करदाता घोषणा

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित नव प्रतिभा पब्लिक स्कुलका प्रिन्सिपल बीर बहादुर चन्द(बीबीसी) असल  करदाता घोषणा गरिएका छन् ।

आन्तरिक राजश्व कार्यालयले शनिबारदेखि मनाउन सुरु गरेको राष्ट्रिय कर दिवस २०८१ को कर सप्ताह शुभारम्भ कार्यक्रममा चन्द लक्की ड्रबाट असल करदाता छनौट गरिएका हुन् ।

,orning glory badhai
dirghayi clinic

लक्की ड्रबाट छनौट भएपछि चन्दलाई असल करदाता घोषणा गरिएको हो । कार्यक्रममा असल करदाता छनौटका लागि लक्की ड्र गरिएको थियो ।

कार्यालयले चन्दलाई कर सप्ताह समापन कार्यक्रममा नगद पुरस्कार सहित सम्मान गर्ने जानकारी दिएको छ । चन्द एन प्याब्सन सुदूरपश्चिम प्रदेश कार्य समितिका सचिव छन् ।

कर सप्ताह कार्यक्रम मङ्सिर ७ गतेसम्म मनाइनेछ । समापन कार्यक्रममा उत्कृष्ट करदाता र एक जना कर्मचारीलाई सम्मान गरिने प्रमुख र अधिकृत पराजुलीले बताए ।

Himal dental
सम्बन्धित
Loading...