ghar sansar

खेतमा टेन्ट गाडेर गरियो सृजनशिल सहकारीको १७ औं वार्षिक साधारण सभा, उद्घाट्न समारोहमै गरियो भवन निर्माण शिलान्यास

little buddha academy
khasi

महेन्द्रनगर । सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीले साधारण सभामा आफ्नो भवन निर्माण कार्य शिलान्यास गरेको छ ।

साधारण सभा उद्घाटन कार्यक्रमका प्रंमुख अतिथि पूर्व मन्त्री कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का साँसद एनपी साउँदले भवन शिलान्यास गरे । सहकारीले भवन निर्माण स्थलमा टेन्ट गाडेर साधारण सभा गरेको छ ।

,orning glory badhai

अर्को साधारण सभा नव निर्मित भवनमा हुने सहकारीले जानकारी दिएको छ । सहकारीले जग्गा किनेपछि नयाँ भवन बनाउन लागिएको हो । सहकारीले दुई कट्टा जग्गा किनेको थियो ।

dirghayi clinic

कार्यक्रममा सहकारीका अध्यक्ष शिवराज भट्टले वार्षिक र कोषाध्यष मोनिका भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । यसैगरी सहकारीका सचिव खगेन्द्र प्रसाद पाण्डेयले २०८०÷०८१ को प्रगति र चालु आर्थिक बर्ष ०८१÷०८२का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
कोषाध्यक्ष मोनिका कुमारी भण्डारीको प्रतिवेदनमा गत आर्थिक बर्ष ०८०–०८१ मा १२ करोड, ९६लाख, ३ हजार, ९ सय ४२ र चालु आर्थिक बर्ष ०८१–०८२ मा १४ करोड, २५ लाख, २२ हजार २ सय रुपैयाँ बराबर बजेट प्रस्तुत गरेकी छिन् ।

२५ जना शेयर सदस्यबाट सुरु गरिएको सहकारीमा हाल झण्डै दुई हजार शेयर सदस्य पुगेका छन् । सहकारीमा हाल ५२ जना कर्मचारी कार्यरत छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर थापा, पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोबिन्द शाह, सहकारीका कानुन सल्लाहकार अधिवक्ता उद्धवराज भट्ट, उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्द, समाजसेवी सिद्धराज भट्ट, कोअपरेटिभ क्लबका अध्यक्ष एबम् मेगा बचत ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत सुनिल कुमार सेटी, कञ्चन झलारी सहकारी संस्थाका कोषाध्यक्ष दिपकराज भट्ट लगायतले शुभ कामना मन्तव्य राखे ।
सहकारीका सदस्य पुष्पराज भट्टले कार्यक्रम सञ्चालन गरे ।

सहकारीका अध्यक्ष शिवराज भट्टले सहकारी क्षेत्र बिस्तार गर्ने बताए । सहकारीको कैलाली, धनगढी, डडेल्धुरा सहित कञ्चनपुरको झलारी, वाणी, दैजी, बेलौरी, बेलडाँडी, पुनर्वास, महेन्द्रनगर, कलकत्ता, दाधोराचाँदनी लालझाडीमा शाखा रहेका छन्।

Himal dental
सम्बन्धित
Loading...