ghar sansar

आफैंले चलाएको स्कुटर पल्टिएर घाइते दोधारा चाँदनीका नाथको मृत्यु

khasi
dirghayi clinic

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलका देव नाथको सवारी दुर्घटनामा परी ज्यान गएको छ । नाथले चलाएको युके ०६ बिई ९३८२ नम्बरको स्कुटर आइतवार दुर्घटना भएको थियो। स्कुटरले ५४ वर्षीया दुर्गादेबी बास्तोलालाई ठक्कर दिएको थियो ।

स्कुटर पल्टिदा चालक नाथ घाइते भएका थिए। चालक नाथको भारतमा उपचारको क्रममा सोमवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएकी पैदलयात्री दुर्गाको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।

Himal dental
सम्बन्धित
Loading...