ghar sansar

पूर्व सभामुख ढुङ्गानाको अन्त्येष्टि

khasi
dirghayi clinic

महेन्द्रनगर । पूर्व सभामुख दमननाथ ढुंगानाको पशुपतिनाथस्थित आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुंगानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुंगानाको पार्थिव शरीरमा उनका छोराहरुले दागबत्ती दिए ।

पूर्वसभामुख ढुंगानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...