

महेन्द्रनगर । बेदकोट नगरपालिका– ८ गैलनदीमा रामलिला महोत्सव आयोजना गर्न लागिएको छ । बैजनाथ सिद्धनाथ रामलिला समिति गैलनदीले निङलाशैनी जगन्नाथ रामलिला समितिसंग सहकार्यमा बुधबारदेखि रामलिला गर्न लागिएको छ । वडा कार्यालय प्राङगणमा रामलिला आयोजना हुन लागेको हो ।

बैजनाथ सिद्धनाथ रामलिला समितिका संयोजक एबम् बेदकोट ८का वडा अध्यक्ष महेशराज जोशीले आदर्श समाज बनाउन, धार्मिक वनको वृद्धि विकासका लागि, नैतिक शिक्षा, रामजस्तै आर्दश पुरुषको विकास गर्न, सामुहिक सद्भाव, भाईचारा भावनाका लागि रामलिला आयोजना गर्न लागिएको बताए ।
रामलिलाको गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने भएका छन् । निङलाशैनी जगन्नाथ रामलिला समितिका सह संयोजक भानदेब भट्टले सुडामा केही वर्ष अघि गरिएको रामलिलाबाटै अनुशरण गरी २०७१देखि गोबरैयामा आयोजा हुँदै आएको बताए ।
निङलाशैनी जगन्नाथ रामलिला समितिका सचिव पदमराज भट्टले समाजको विकाससंगै आध्यात्मिक विकासको खाचो रहेको बताए । बैजनाथ सिद्धनाथ रामलिला समिति गैलनदीका मुख्य संरक्षक एबम् बेदकोट नगरपालिका उप प्रमुख तुलसी जोशीले समाज सुधारका लागि आध्यात्मिक तरिका आवश्यक रहेको बताइन् ।

